झापा । झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
नगर प्रमुखमा एमालेका गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका इन्द्रबहादुर बुडाथोकीलाई ५ हजार १६७ मतान्तरले पराजित गर्दै गोपाल बुढाथोकी नगरप्रमुखमा विजयी भएका हुन् ।
उप–प्रमुखमा मीनाकुमारी उप्रेती २१५९० मत प्राप्त गरी निर्वाचित भएकी छिन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीलाई ८ हजार ७७२ मतान्तरले पराजित गर्दै मीना उप्रेती उपप्रमुखमा निर्वाचित भएकी हुन्।
भण्डारीले १२५१८ मत प्राप्त प्राप्त गरेका छन्।
यससँगै २०७४ सालमा नगरप्रमूख गुमाएको एमालेले गठबन्धनलाई पराजित गर्दै जित निकाल्न सफल भएको छ ।