काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५० हजार मत कटाएका छन् । प्रारम्भदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धन र एमालेलाई फराकिलो मतान्तरमा पछाडि पार्दै ५० हजार ३० मत प्राप्त गरेका छन् ।
त्यस्तै, निकटतम् प्रतिस्पर्धी गठबन्धनकी सिर्जना सिंहले ३० हजार ७६७ मत प्राप्त गरेकी छन् भने एमालेका केशव स्थापितले ३० हजार १५ मत प्राप्त गरेका छन् । काठमाडौंमा उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तर सहित विजय नजिक पुगेकी छन् ।