पोखरामा मतगणना रोकियो  

पोखरामा मतगणना रोकियो  

२०७९, जेठ १० मंगलवार

  • 1.1K
    SHARES

  • पोखरामा मतगणना रोकियो  

    पोखरा । पोखरा महानगरको मतगणना रोकिएको छ ।

    पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ वटा कम भएपछि नेकपा एमालेले महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मतगणना स्थलबाट बाहिरिएपछि मतगणना रोकिएको हो । 

    यस वडामा ४ हजार ३४८ मत खसेकोमा ४ हजार ३३९ मतगणना भएको थियो । त्यसमा ९ मत हराएपछि पुनः मतगणनाको माग एमालेले गरेको छ । ९ मत कता हरायो भन्ने यकिन भएको छैन ।

     यस वडामा एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कल बहादुर थापा काँग्रेसका शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका छन् ।

    नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ ।

    प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी अध्यक्षले जानकारी दिए ।

    २०७९, जेठ १० मंगलवार०२:३९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार