७ सय ४१ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, १२ पालिकाको बाँकी

७ सय ४१ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, १२ पालिकाको बाँकी

२०७९, जेठ १० मंगलवार

  • 1.3K
    SHARES

  • ७ सय ४१ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, १२ पालिकाको बाँकी

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।

    निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । 

    ६ वटा मध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ । विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेणु दाहाल र वीरगन्ज महानगरमा राजेशमान सिंह विजयी भइसकेका छन् । 

    काठमाडौं, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ । 

    काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा काँग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा ९एकीकृत समाजवादी९का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का टिकाराम खड्काले लिड गरिरहेका छन् । 

    नतिजा सार्वजनिक भएकामध्ये ३२२ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

    काँग्रेसले १८८ गाउँपालिको अध्यक्ष र १३४ नगरको प्रमुखमा जित हासिल गरेको छ । एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरी २०२ पालिका प्रमुख जितेको छ । 

    यसैगरी नेकपा (माओवादी केन्द्र) २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ पालिकामा विजयी भएको छ ।

    एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले जनाएको छ । जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वतन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन् । 

    काँग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन् । 

    कांग्रेस सबैभन्दा बढी दुई हजार ६३२ वडामा विजयी भएको छ । एमाले दुई हजार ११२, माओवादी एक हजार ४९, जसपा २९१ र अन्य दल तथा स्वतन्त्र ५८५ वडामा विजयी भएका आयोगले जनाएको छ ।

    २०७९, जेठ १० मंगलवार०३:०२:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार