पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

२०७९, जेठ ११ बुधवार

  • 2.2K
    SHARES

  • पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

    पोखरा । पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।

    आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे । उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छिन् ।

    उनले ६० हजार ५ सय ४६ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरिन् । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढी प्राप्त गरिन् । राप्रपाकी रञ्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाइन् ।

    २०७९, जेठ ११ बुधवार०७:०७:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार