काठमाडौँ महानगरपालिका–१३ मा एमालेको प्यानलै विजयी

काठमाडौँ महानगरपालिका–१३ मा एमालेको प्यानलै विजयी

२०७९, जेठ १२ बिहिवार

  • 1.2K
    SHARES

  • काठमाडौँ महानगरपालिका–१३ मा एमालेको प्यानलै विजयी

    काठमाडौँ । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । 

    ताजा मत परिणाम अनुसार काठमाडौँ महानगरपालिका–१३ मा नेकपा एमाले प्यानलै विजयी भएको छ।

    एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन्।

    उनी ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए।

    महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी भएका छन्।

    खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए।

    महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ। अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ।

    २०७९, जेठ १२ बिहिवार०८:४९:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार