बालेनको विजयोत्सवमा विशाल धन्यवाद र्याली हुँदै, सहभागिले के के गर्न पाइँदैन ? 

बालेनको विजयोत्सवमा विशाल धन्यवाद र्याली हुँदै, सहभागिले के के गर्न पाइँदैन ? 

२०७९, जेठ १३ शुक्रवार

  • 1.4K
    SHARES

  • बालेनको विजयोत्सवमा विशाल धन्यवाद र्याली हुँदै, सहभागिले के के गर्न पाइँदैन ? 

    काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएका छन् ।

    लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा प्रतिस्पर्धा गरेका बालेनले ६१ हजार ७ सय ६७ मत प्राप्त गर्दै विजयी भएका हुन् । त्यस्तै, कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले तेस्रो हुँदै ३८ हजार १ सय १७ मत मात्र प्राप्त गरेकाछन् ।  

    आज बिहान ८ः३० बजे निर्वाचन आयोगले विजयी उमेदवारलाई प्रमाणपत्र प्रदान गरेसँगै वालेनका समर्थकले विशाल र्यालीको तयारी गरेका छन् । विहिवारै र्यालीका लागि ठूलो संख्यामा समर्थकहरु राष्ट्रिय सभागृह पुगे पनि मत गणनामा ढिलाई भएपछि अबेर राति आ-आफ्ना गन्तव्यमा फर्किएका थिए । 

    बालेनकी स्वयंसेवी कार्यकर्ता ज्योति गैरेले जनाए अनुसार जुलुस राष्ट्रिय सभागृहबाट शुरु भएर भद्रकाली -त्रिपुरेश्वर - माइतिघर (सर्भिस ट्र्याक दक्षिण)- बबरमहल- बिजुलीबजार -युएन पार्क- कोरिडोर- शान्तिनगर- तिनकुने -कोटेश्वोर- जडिबुटी- पेप्सिकोलाबाट फिर्ता भई कोटेश्वोर -तिनकुने- सिनामङ्गल -एयर्पोर्ट- तिलगङ्गा - गौशाला -चावहिल - महाराजगन्ज -सामाखुशी - नयाँबसपार्क -बालाजु -स्वयम्भू - सितापाइला -कलंकी- बल्खु - कुलेश्वोर -कालिमाटी- टेकु - त्रिपुरेश्वर -सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर र्याली धन्यवाद सभामा परिणत हुनेछ । 

    balen-111.jpg

    आफ्नो जित सुनिश्चित भएपछि बालेनले वुधवारै सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयोत्सवको साटो धन्यवाद र्‍याली निकाल्न समर्थकलाई अपिल गरेका थिए ।

    त्यसअनुसार आजको जुलुसलाई समर्थकहरुले धन्यवाद र्‍यालीको नाम दिएका छन् । र्‍याली सभ्य र अनुशासित किसिमको हुने तथा कसैको विरोध नगरिने बताइएको छ । मतदिने तथा नदिने सबैलाई धन्यवाद ज्ञापन गर्न र्यालीको आयोजना गरिएको गैरेको भनाई छ ।

    साथै "यो पाली लौरो, पाँच बर्ष घरदैलो" भन्ने नारालाई कडाईका साथ पाँचै वर्ष अभियानका रुपमा लगिने पनि उनको भनाई छ । समय र स्थान मिलाएर आफु पायक पर्ने स्थानमा र्यालिमा सरिक हुन पनि गैरेले सुभेच्छुक, शुभचिन्तक सबैलाई आग्रह गरेकी छन् । 

    २०७९, जेठ १३ शुक्रवार०७:१२:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार