तिलोत्तमा नगरपालिकामा काँग्रेसका खाण विजयी

तिलोत्तमा नगरपालिकामा काँग्रेसका खाण विजयी

२०७९, जेठ १३ शुक्रवार

  • 1.1K
    SHARES

  • तिलोत्तमा नगरपालिकामा काँग्रेसका खाण विजयी

    रुपन्देही । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रुपन्देहीका सबै पालिकाको मतगणना सम्पन्न भएको छ । 

    जिल्लाका १६ पालिकामध्ये पछिल्लो पटक आज सार्वजनिक भएको मतगणना परिणामअनुसार तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाण विजयी भएका छन् । उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मोहन चापागाईँले २३ हजार ६३१ मत प्राप्त गरेका छन् ।

    यस्तै उपप्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन् । उनले २३ हजार ८६ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेकी छन् ।

    नगरपालिकाका १७ वडामध्ये कांग्रेस नौ मा र एमाले आठ वडामा विजयी भएको छ । नवनिर्वाचित प्रमुख खाणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मतपरिणाम सार्वजनिक लगत्तै पत्रकारसँग कुराकानी गर्दै उनले सबैलाई मिलाएर काम गर्ने बताए ।

    रुपन्देहीमा काँग्रेसले बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा जित हासिल गरेको छ । एमालेले देवदह नगरपालिकामा जित हासिल गरेको छ ।

    यस्तै जिल्लाका १० गाउँपालिकामध्ये काँग्रेसले शुद्धोधन, कञ्चन, मायादेवी र सम्मरीमाई गाउँपालिकामा जित हासिल गरेको छ ।

    एमालेले गैडहवा र ओमसतिया गाउँपालिकामा जित हासिल गरेको छ । कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, मर्चवारीमा जनता प्रगतिशील पार्टी र रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

    २०७९, जेठ १३ शुक्रवार०२:५९:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार